मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द
इलाम । मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो।
