SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले शपथ लिएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित एक विशेष कार्यक्रममा शपथ ग्रहण समारोह भएको हो । सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएका हुन् । त्यसो त सभापति थापाले यसअघि नै शपथग्रहण गरेका थिए ।