काठमाडूविरुद्ध जनकपुरको सहज जित, ८ विकेटले पराजित
काठमाडौं । तेस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सले जित निकालेको छ । एनपीएलमा बिहीबार दोस्रो खेल खेलेको जनकपुरले काठमाडू गोर्खाजलाई हराउँदै जित दर्ज गरेको हो । त्यसो त यसअघि कर्णाली याक्ससँग जनकपुर पराजित भएको थियो । काठमाडूलाई ८ विकेटले हराउँदै जनकपुरले एनपीएलका लागि विजयी सुरुवात गरेको हो ।
