SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

असोजमा ९ अर्ब ४७ करोडका सवारीसाधन आयात, ७५ प्रतिशत हिस्सा विद्युतीय गाडीको

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै नेपालमा ९ अर्ब ४७ करोड रुपैयाँ बराबरका ५ हजार ५७ युनिट चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधन आयात भएका छन् । तीमध्ये विद्युतीय सवारीसाधनको हिस्सा करिब ७५ प्रतिशत रहेको छ ।