दशैंअघि लगातार बढेको बजारमा दशैंपछि करेक्सन, नेप्से परिसूचक ४.३४ अंकले घट्यो
काठमाडौं। दशैंअघि लगातार सात कारोबार दिनसम्म बढेको शेयर बजार दशैंपछिको पहिलो कारोबार दिनमा घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९ अंकमा झरेको हो । सोमबार कारोबार भएका कम्पनीमध्ये ९९ वटाको शेयर मूल्य बढेको छ भने १७१ वटाको मूल्य घटेको छ ।
