इनमाथि तत्काल आक्रमण नगर्ने ट्रम्पको घोषणा, तनाव घटाउन कतारको कूटनीतिक पहल
काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण नहुने बताएका छन्। मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच तनाव बढिरहेका बेला ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै ‘आज आक्रमण हुनेछैन’ भनेका हुन्। ट्रम्पको घोषणाले तत्काल सैन्य कारबाहीको सम्भावना टरेको संकेत दिए पनि यसले दीर्घकालीन तनाव अन्त्य हुने निश्चितता भने दिएको छैन।
