एनपिएल आजदेखि : उद्घाटनमै लुम्बिनीको दबदबा कि सुदूरपश्चिमको बदला?
काठमाडौँ : विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट र पहिलो पटक निर्णय पुनरावलोकन प्रविधि प्रयोगको आकर्षणसहित नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ ।
