SHARE
मकालु खबर · शनिबार २५ असो २०८२ १२:१३ PM · 1 मिनेट पढाइ

नेपालमा गैरआवासीय नेपालीहरूको एक खर्ब लगानी भित्रियो: एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा करिब एक खर्ब बराबरको लगानी भित्र्याएको छ । एनआरएनएले शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो तथ्याङ्क सार्वजनिक गरेको हो । आफ्नो २२ औँ स्थापना दिवसको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा। बद्री केसीले नेपालको अर्थतन्त्रमा ठुलो सुधार ल्याउनका लागि आफूहरूले जोड दिएको बताए ।