SHARE
लोक पथ · शनिबार २५ असो २०८२ ०७:१० AM · 1 मिनेट पढाइ

अनैतिक गतिविधि बढेको गुनासोपछि नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ​

नेपालगञ्ज ।  नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ ।  ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।