SHARE
लोक पथ · शनिबार २५ असो २०८२ ०७:३१ AM · 1 मिनेट पढाइ

हमासको कब्जाबाट विपिन जोशी चाँडै रिहा हुनेमा परराष्ट्र मन्त्रालय आशावादी

 काठमाडौं । हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी छिट्टै रिहा हुनेमा परराष्ट्र मन्त्रालय आशावादी भएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्म प्राप्त जानकारी अनुसार जोशी सुरक्षित रहेको बताए । उनले भने, ‘जोशीको नाम मृत्युको सूचीमा छैन र इजरायलले पनि उनी जीवित रहेको बताएका छन् ।