रौतहटमा शिक्षक नियुक्ति घुस प्रकरण : प्रधानाध्यापक र बिचौलिया रंगेहात पक्राउ
काठमाडौं । विद्यालयमा शिक्षक नियुक्ति गर्दा साढे चार लाख घुस खाने प्रधानाध्यापक रंगेहात पक्राउ परेका छन् । रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो । बिचौलिया अरविन्द प्रकाश साहकानु पनि पक्राउ परेका छन् ।
