SHARE
लोक पथ · शनिबार २५ असो २०८२ ०९:११ AM · 1 मिनेट पढाइ

झापाको मानवसेवा आश्रममा ५३ वर्षीया आश्रितको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मृतक ५३ वर्षीया आश्रेफुल मुस्लिम हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, उनी आश्रममा सुतिरहेको अवस्थामा मृत भेटिएका हुन् । असोज २० गते शिवसताक्षी नगरपालिकाले उद्धार गरी उनलाई मानवसेवा आश्रममा पठाएको थियो ।