शशांक कोइरालाले देउवालाई भने : ‘तत्काल कार्यवाहक सभापति तोक्नुस्’
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रीय कार्य समिति विघटन गर्न आग्रह गरेका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको आगामी मंसिरमा हुने नियमित महाधिवेशनका लागि तयारी सुरु गर्न कार्यवाहक सभापति तोक्नुपर्ने सुझाव दिएका हुन् ।
