SHARE
लोक पथ · शनिबार २५ असो २०८२ १०:१० AM · 1 मिनेट पढाइ

यथास्थितिमा कांग्रेस जनतामा जान सक्दैन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा कांग्रेस जनतामा जान नसक्ने बताएका छन् ।  शनिबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता केसीले यस्तो बताएका हुन्  ।  उनले यथास्थिति, अहिलेको विधि, पद्धति र अनुहार लिएर जनताको बिचमा कांग्रेस जान नसक्ने जिकिर गरे ।