SHARE
लोक पथ · शनिबार २५ असो २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

कांग्रेस उपसभापति गुरुङको प्रस्ताव : ‘पार्टीमा युवाहरुका लागि छुट्टै कोटाको व्यवस्था गरौँ’

 काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार सानेपास्थित पार्टी मुख्यालयमा युवाहरूले पार्टीका सबै तहमा ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले सो धारणा राखेका हुन् । गुरुङले युवाहरूलाई कांग्रेसको मुख्यधारमा ल्याउन छुट्टै कोटा व्यवस्था अनिवार्य भएको बताए ।