कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।
