SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०२:२३ PM · 1 मिनेट पढाइ

तालिमका क्रममा दुई विमान ठोक्किए, चार पाइलटको मृत्यु

मनिला : फिलिपिन्समा तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एकआपसमा ठोक्किँदा चार जना पाइलटको मृत्यु भएको छ । मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै दुर्घटना भएको हो ।