मिथिलाको पहिरनलाई जगेर्ना गर्न सांस्कृतिक पहिरन अभियान सुरु
काठमाडौं । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले सांस्कृतिक पहिरन अभियान सुरु गरेका छन् । जनकपुरधाममा युवायुवतीहरू धोती, कुर्ता तथा सारी लगाएर जम्मा भई अभियानको सुरुवात गरेका हुन् ।
