जेनजी प्रतिनिधिको आह्वान : चुनावमा भाग लिऔँ
काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दलहरुलाई भाग लिन आह्वान गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद् सदस्यहरुसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै दलको सहभागिता आवश्यक रहेको बताएका हुन् ।
