SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

एनपीएलका लागि रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

काठमाण्डु – वेष्ट इण्डिजका क्रिकेटर शेरफन रदरफोर्डले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले उनलाई शनिबार टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ क्षमता थप मजबुत हुने प्रतिक्रिया दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी