SHARE
लोक पथ · शनिबार २५ असो २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

गैरआवासीय नेपाली संघले नेपालमा एक खर्ब लगानी भित्र्यायो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा करिब एक खर्ब रुपैयाँ बराबरको लगानी भित्र्याएको जनाएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो तथ्यांक सार्वजनिक गरेको हो । २२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा.बद्री केसी ले गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान दिइरहेको बताए ।