राज्य संरचनामा अराजकता र दण्डहीनताको खतरा बढ्दैछ : महेश बर्तौला
काठमाडौं । नेकपा (एमाले)का नेता तथा निवर्तमान सांसद महेश बर्तौलाले राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप बढिरहेको आरोप लगाएका छन् । शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो प्रवृत्तिले विधिको शासन र लोकतान्त्रिक मूल्यमा गम्भीर ठेस पुर्याइरहेको बताए ।
