नासाको परियोजना नेतृत्व गर्दै टीकापुरका युवा
टीकापुर : कैलालीको टीकापुरका एक युवा प्राध्यापकले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) को एक अनुसन्धान परियोजनाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन्। सन् २०२५ अगस्टदेखि अमेरिकाको टेक्सस क्रिस्टियन युनिभर्सिटीको कम्प्युटर साइन्स विभागमा आर्टिफिसियल इन्टेलिजेन्स तथा मेसिन लर्निङ विषयमा सह–प्राध्यापक पदमा कार्यरत टीकापुर नगरपालिका वडा नं. १ का डाक्टर चेतराज पाण्डेले यो अवसर हात पार्न सफल भएका हुन्।
