SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

८० वर्षीय नेता लुला चौथो पटक ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्।ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि २०३० सम्म ब्राजिलको नेतृत्व सम्हाल्नेछन्।पहिलो चरणको मतदानमा फ्लाभियो बोल्सोनारो लुलाभन्दा अगाडि रहेका थिए।