SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ १०:०० AM · 1 मिनेट पढाइ

डेढ करोडको उपाधि: स्टार खेलाडीको जमघट

काठमाडौं : नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। आठ टोली, अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित अनुहार, बढ्दो पुरस्कार राशि र प्रविधिको प्रयोगले यसपटकको प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।