रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजेको समयमा बालक घरनजिकैको बाटोमा खेलिरहेका थिए ।
