ट्रम्पद्वारा चीनमाथि १०० प्रतिशत ट्यारिफ घोषणा, शेयरबजारमा भारी गिरावट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै सामानमाथि १०० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेका छन्। यो कदम चीनले यतिबेलै दुर्लभ खनिज (रेर अर्थ) को निर्यातमा कडा प्रतिबन्ध लगाएको जवाफमा चालिएको हो। ट्रम्पको यो घोषणाले दुई देशबीचको व्यापार युद्धलाई नयाँ उचाइमा पुर्याएको छ।
