साउदी अरबको रक्षाका लागि बेलायतले 'टाइफून लडाकु' विमान तैनाथ गर्ने
काठमाडौं : बेलायत सरकारले साउदी अरबको सुरक्षाका लागि रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ। यमनको हुथी समूहका तर्फबाट भइरहेका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणहरूको प्रतिकार गर्न साउदी अरबको रक्षाका लागि बेलायतले यो कदम चालेको बीबीसीले उल्लेख गरेकाे छ।प्रधानमन्त्री एन्डी बर्नहामद्वारा स्वीकृत यो रक्षात्मक मिसनले इरान समर्थित समूहका हवाई आक्रमणहरूबाट साउदी सहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्न मद्दत पुर्याउनेछ।
