SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता दुईजना जापानी नागरिकको शव भेटियो

काठमाडौं : मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका  दुईजना जापानी नागरिकको शव फेला परेको छ।  मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। जापानको टोकियो निवासी दुईजना पर्वतारोहीको शव शुक्रबार फेला परेको हो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा पोस्टमार्टम गरेपछि नेपालस्थित जापानी राजदूतावासको रहोबरमा परिवारको जिम्मा लगाइनेछ।जापानी नागरिक हिदे सुके टेनिसी र तेचु हासिमुदोको शव फेलाको प्रहरीले बताएको छ।