दोलखाको खरीढुंगामा बस र मोटरसाइकल ठोक्किए दुर्घटना
दोलखा : जिल्लाको खरीढुंगामा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्। लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत खरीढुंगास्थित फिल्मसिटी जाने बाटो नजिकै शुक्रबार काठमाडौंबाट चरिकोट आउँदै गरेको बस र चरिकोटबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किएका हुन्।दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई उद्धार गरी उपचारका लागि चरिकोटस्थित जिल्ला अस्पताल पठाइएको छ।
