SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सरकारविरुद्ध सडकबाटै सशक्त खबरदारी गर्छौं : नेकपा नेता पराजुली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता सुदेश पराजुलीले वर्तमान सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध आफ्नो दलले सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पराजुलीले बालेन शाह नेतृत्वको सरकारले जनताको अधिकार कटौती र बेवास्ता गरेको आरोप लगाएका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँगको सन्तुलित सम्बन्धमा सरकारले खलल पुर्‍याएको दाबी गरे।