दिल्लीमा आप र कांग्रेसका पार्षदबीच माइक खोसाखोस र धक्कामुक्की
नयाँदिल्ली : भारतको दिल्ली नगर निगम (एमसीडी) को बैठकमा विकास कोष, सरसफाइ व्यवस्था र प्रदूषणको विषयलाई लिएर बिहीबार हंगामा भएको छ। बैठकमा आम आदमी पार्टी (आप) र कांग्रेसका पार्षदबीच विवाद चर्किएपछि धक्कामुक्की र हातपातको अवस्था सिर्जना भएको हो।भारतीय सञ्चारमाध्यम आजतकका अनुसार बैठकमा कांग्रेस दलकी नेतृ नाजिया दानिसले आपका पार्षदप्रति व्यंग्यात्मक टिप्पणी गरेपछि विवाद सुरु भएको थियो। त्यसपछि दुवै पक्षका पार्षदबीच चर्काचर्की भएको थियो।
