सुपर टाइफुन चाम्पी ताइवानतर्फ तीव्र गतिमा बढ्दै, जनजीवन ठप्प पार्ने चेतावनी
काठमाडौं : प्रशान्त महासागरमा उत्पन्न भएको शक्तिशाली समुद्री आँधी 'सुपर टाइफुन चाम्पी' ताइवान र जापानको दक्षिणी क्षेत्रतर्फ तीव्र गतिमा अघि बढेपछि ती क्षेत्रको जनजीवन प्रभावित बनेको छ।जापानको मौसम विज्ञान एजेन्सी र ताइवानका मौसमविद्हरूका अनुसार यो वर्षको ३० औँ टाइफुन ‘चाम्पी’ उत्तर-पश्चिमतर्फ अघि बढिरहेको छ।
