मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै
गोरखा : बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित बनेको मनास्लु क्षेत्रमा पुनः पर्यटकको चहलपहल बढ्न थालेको छ। बाढीले क्षति पुर्याएको पदमार्ग मर्मत भएपछि अहिले दैनिक उल्लेख्य संख्यामा विदेशी तथा आन्तरिक पर्यटकहरू मनास्लु पदमार्गमा भित्रिन थालेका छन्।मनास्लु प्रवेशस्थल जगतका होटल व्यवसायी गणेश कार्कीका अनुसार पछिल्ला केही दिनयता दैनिक ५० देखि ६० जनासम्म पर्यटक मनास्लु प्रवेश गरिरहेका छन्।
