SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १६ जनाको मृत्यु

काठमाडौं : दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे उक्त भूकम्प गएको हो। भूगर्भविद्हरूका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै कडा महसुस गरिएको थियो।