बीबीसीविरुद्धको मुद्दामा ट्रम्पलाई शपथ लिएर बयान दिन अदालतको आदेश
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ ।अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको भाषणका दुई फरक अंशलाई जोडेर प्रसारण गरिएको भन्दै उनले बीबीसीविरुद्ध मुद्दा दायर गरेका थिए ।
