अर्थमन्त्री वाग्ले तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगे
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट वाग्ले नयाँदिल्ली पुगेका हुन्।दुई सदस्यीय भ्रमण दलमा उनी र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। अर्थमन्त्री डा. वाग्लेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्।
