SHARE
अन्नपूर्ण · बिहीबार ६ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

महोत्तरीका किसान केरा खेतीतर्फ आकर्षित

महोत्तरी : गौशाला–११ का रामभजन महतोले १ बिघा क्षेत्रफलमा आधुनिक प्रजातिको केरा खेती गरेका छन्। महतोको खेतमा सधैँ पाकेको र तरकारी खान लायक केराको घरी उपलब्ध हुन्छ।चाहेकै समयमा नगद रूपमा बिक्री गर्न सकिने, इच्छाअनुसारको मूल्य पाइने र स्थानीय बजारमै खपत हुने भएपछि महतोले उखु खेती छाडेर केरा खेती सुरु गरेका हुन्। महतो भन्छन्, "उखु खेतीमा पहिले जस्तो फाइदा रहेन। लगानी अनुसारको प्रतिफल पाउन नसकेपछि यहाँका किसानहरूले अचेल विकल्पका रूपमा केरा खेती रोजेका हुन्।