साउदीमा एक नेपालीको मृत्यु भएपछि सरकारले गर्यो आक्रमणको निन्दा
काठमाडौं : साउदी अरेबियामा ड्रोन आक्रमणपछि खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले घटनाको निन्दा गर्दै सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने आक्रमण रोक्नुपर्नेमा जोड दिएको छ।मन्त्रालयले साउदी अरामकोको सैबह तेल क्षेत्रमा भएको घटनामा नेपाली नागरिकको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
