जर्मनीमा रुसी जासुसी तीव्र रहेको मर्जको चेतावनी, युक्रेनी नागरिक पक्राउ
काठमाडौँ : जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को जुलाईदेखि नै एक मध्यस्थकर्तामार्फत रुसी गुप्तचर सेवासँग सम्पर्क राख्दै आएको जर्मनीका सङ्घीय अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।
