साउदी अरबमा ड्रोन खस्दा एक नेपालीसहित २ जनाको मृत्यु
एजेन्सी– साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । साउदी ऊर्जा मन्त्रालयका अनुसार बुधबार यूएईको सीमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई आकाशमै रोकिएको थियो ।
