भारतीय यात्रुले हंगामा गरेपछि बैंकक फर्कियो एयर इन्डियाको जहाज
काठमाण्डु- बैंककबाट भारतको मुम्बई आउँदै गरेको एयर इन्डियाको विमान एक यात्रुले हंगामा गरेपछि बीच बाटोबाटै बैंकक फर्किएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको उडान नम्बर एआई २३३८ बुधबार राति ८ : २० बजे बैंककको सुवर्णभूमि विमानस्थलबाट मुम्बईका लागि उडेको थियो ।
