SHARE
अन्नपूर्ण · बिहीबार ६ कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

बंगलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौं : बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले उनलाई बुधबार टोलीमा अनुबन्ध गरेको जनाएको हो ।‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’ पोखराले भनेको छ ।३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।