सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
काठमाण्डु – नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य २ दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि सोमबार गोरखा सडक आयोजनालाई बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
