आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्तिविरूद्ध उत्रियो जेन-जी अभियान
काठमाण्डु- राष्ट्रिय जेन-जी नागरिक अभियानले ग्यालिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णय रद्द गर्न माग गरेको छ। सरकारले असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो।
