दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने
नारायणगढ – चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २–५ गतेसम्म ४ दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
