एक लाख ८७ हजार मतदाता थपिए : निर्वाचन आयोग
काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए। आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन्।यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो।
