SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०२:१३ PM · 1 मिनेट पढाइ

नख्खु कारागारबाट भागेका कैदीले गरे ठमेलमा युवकको हत्या

फरार कैदी आकाश मगरले २५ वर्षीय सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । तामाङ मकवानपुरका निवासी थिए र काठमाडौंको मनमैजु क्षेत्रमा बस्दै आएका थिए । यो घटना १३ असोजको हो ।