SHARE
लोक पथ · शुक्रबार​ २४ असो २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

संसद् भवनको भाडा सम्झौता रद्द

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद्को लागि प्रयोग हुँदै आएको भवनको भाडा सम्झौता रद्द गरिएको छ । गत भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भवनमा आगजनी र तोडफोड भएपछि प्रयोग गर्न अयोग्य बनेको कारण संसद् सचिवालयले सम्झौता रद्द गरेको हो । सचिवालयका अनुसार मुलुकी देवानी संहिता, २०७४ अनुसार सम्झौता रद्द गरिएको हो ।