शहीद विनोद महर्जनका परिवारलाई ललितपुर महानगरको पाँच लाख सहयोग
ललितपुर । यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई पाँच लाख रुपैयाँ खातामा जम्मा गरिएको भौचर र समवेदना पत्र हस्तान्तरण गरेका हुन् ।
